सदस्य — लेखापढी व्यवसायी
लिखत, निवेदन, सेवाग्राही र कित्ता अभिलेख आफ्नै डेस्कमा। फर्म चलाउने भए लेखक टोली, लेटरहेड र कार्यालय पत्र पनि।
- आफ्नै सेवाग्राही र जग्गा अभिलेख
- सबै सार्वजनिक ढाँचा
- भाका सकिनु अघि SMS
सेवाग्राही र कित्ता जग्गा एकपटक दर्ता गर्नुहोस्। राजीनामा, बैनाबट्टा, तमसुक, ढाँचा २७ को निवेदन — परिचय वाक्य, थैली अक्षरमा, मिति र रोज सहित उही सरकारी ढाँचामा आफैँ तयार हुन्छ।
प्रयोग गर्ने, निर्णय गर्ने र लगानी गर्ने — तीनै भूमिका सदस्यहरूकै हातमा छन्।
लिखत, निवेदन, सेवाग्राही र कित्ता अभिलेख आफ्नै डेस्कमा। फर्म चलाउने भए लेखक टोली, लेटरहेड र कार्यालय पत्र पनि।
प्रणाली सदस्यहरूको पैसाले बन्छ, र यसको नाफा सदस्यहरूमै फर्कन्छ। आफ्नै पेसाको पूर्वाधारमा लगानी गर्ने अवसर।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन समिति ले प्रणालीको दिशा, शुल्क र गोपनीयताका नियम तय गर्छ।
राजीनामा, बैनाबट्टा, कपाली तमसुक, हालैदेखिको बकसपत्र — सरकारी ढाँचामा, अक्षरै अक्षर मिलेको।
ढाँचा २७ को संयुक्त निवेदन, चार किल्ला, घरबाटो सिफारिस — वडा र मालपोतका लागि।
एकपटक दर्ता गरेपछि हरेक लिखतमा आफैँ — तीन पुस्ता, नागरिकता, कित्ता, क्षेत्रफल।
फर्मको लेटरहेड, छाप र हस्ताक्षरमा पत्र, सूचना र रसिद।
बिक्री तथा खरिद सूचना — पुर्जा जाँचेर मात्र प्रकाशित, नक्सा र फोटोसहित।
आफ्ना लिखत हेर्ने, नागरिकता–परिचयपत्र जस्ता व्यक्तिगत कागजात सुरक्षित राख्ने र समय तोकेर साझा गर्ने।
प्रिन्ट, PDF, स्क्रिनसट, समय तोकिएको खुला लिङ्क र स्क्यान भण्डार।
एकपटक दर्ता गरेको विवरण पछिका हरेक लिखतमा आफैँ आउँछ — फेरि टाइप गर्नुपर्दैन, नक्कल गर्दा हुने त्रुटि पनि हट्छ।
सुरु गर्नुहोस्सेवाग्राही र कित्ता जग्गाको विवरण एकपटक राख्नुहोस्।
ढाँचा र पक्ष छान्नुहोस् — बाँकी प्रणालीले भर्छ।
प्रिन्ट, साझा र अभिलेख — सबै एकै ठाउँमा।
एउटै विवरण फेरि–फेरि टाइप गर्नुपर्दैन; मिनेटमा लिखत तयार।
नाम, नाता, मिति, थैली अक्षरमा — प्रणालीले आफैँ मिलाउँछ।
सेवाग्राहीको सूची कसैले देख्दैन; परिचय नम्बरले मात्र खोजिन्छ।
मोबाइल, ल्यापटप वा कार्यालयको कम्प्युटर — जताबाट पनि उही काम।
होम स्क्रिन वा डेस्कटपमा राख्नुहोस् — एकै थिचाइमा खुल्छ, इन्टरनेट गएमा पनि बुझिने सन्देश।
स्वतन्त्र लेखापढी व्यवसायी — आफ्नै सेवाग्राही, जग्गा र लिखत; निःशुल्क योजनाबाट सुरु।
लेखक दर्ताफर्म सञ्चालक — लेखक टोली, लेटरहेड, कार्यालय पत्र र फर्मका सबै कागजात एकै ठाउँ।
फर्म दर्ताआफ्नै कम्पनीको दर्ता, कर, बैठक र पत्राचारका कागजात आफैँ — कम्पनीकै लेटरहेड र छापमा।
कम्पनी दर्ता पहिले दर्ता भइसकेको? PAN बाट खाता सुरु गर्नुहोस्आफू पक्ष भएका लिखत हेर्ने, प्रिन्ट गर्ने र तोकिएको समयसम्म खुल्ने लिङ्क बनाएर पठाउने।
नागरिक दर्तासङ्घमार्फत सामूहिक सदस्यतामा विशेष दर उपलब्ध।
माथिका दर २०८३ पुष ३० पछि लागू हुन्छन्। त्यतिन्जेल वाटरमार्क पनि रहँदैन।
नयाँ लेखक पहिले सेवाग्राहीका रूपमा दर्ता भएको हुनुपर्छ। नागरिकता प्रमाणित भएपछि खाता खुल्छ — एक व्यक्तिको एउटै खाता।
मिल्छ। ढाँचा HTML मा लेखिन्छ; व्यवसायी खाताले आफ्नो लेटरहेडमा कार्यालय पत्र पनि छाप्न सक्छ।
सुपर एडमिनबाहेक कसैले सूची देख्दैन; अरूले ठ्याक्कै मिल्ने परिचयबाट मात्र खोज्न सक्छन्।
बैनाबट्टा जस्ता लिखतमा “सम्झाउने” छाने भाका अघि र भाकाकै दिन SMS जान्छ।
पर्दैन। लगइन पेजको “पहिलो पटक लगइन गर्दै?” मा आफ्नो मोबाइल नं. लेख्नुहोस् — OTP पछि आफ्नै प्रयोगकर्ता नाम र पासवर्ड छानेर सिधै पोर्टल खुल्छ।
लगइन गरेपछि ड्यासबोर्डको “एपजस्तै राख्नुहोस्” थिच्नुहोस् — एन्ड्रोइड, आइफोन र कम्प्युटर तीनवटैको तरिका देखिन्छ।
यो प्रणाली नेपाल लेखापढी कानून व्यबसायी एसोसिएसनको सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन समितिको कार्यक्षेत्रभित्र रही सञ्चालन गरिएको हो।
फारम भर्नुहोस् — हाम्रो टोलीले सम्पर्क गरी खाता खोल्न तथा प्रत्यक्ष प्रदर्शन (Live Demo) गर्न सहयोग गर्नेछ। खाता खोल्दा व्यक्तिको नागरिकता विवरण प्रमाणित गरिन्छ।
lekhapadhihub@gmail.com
9822783903
आइतबार–शुक्रबार, बिहान १० – साँझ ६